धितोपत्र बोर्डको निर्देशनपछि सानिमा लार्ज क्याप फण्डको प्रतिफल वितरण स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2024 | 11:10:41 AM मा प्रकाशित

nepal oil ltd

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डको प्रतिफल वितरण स्थगित भएको छ। गत भदौ २५ गते प्राप्त भएको नेपाल धितोपत्र बोर्डको पत्रपश्चात प्रतिफल वितरण कार्य स्थगित भएको योजना व्यवस्थापक  सानिमा क्यापिटलले बताएको छ ।

फण्डले इकाईधनीहरुलाई करसहित १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। प्रतिफल वितरण प्रयोजनार्थ उक्त योजनाले भदौ २६ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो।

तर, बोर्डको निर्देशन बमोजिम हाललाई प्रतिफल वितरण कार्य स्थगित गरिएको फण्डको योजना व्यवस्थापकको भनाइ छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved