२६ सय विन्दुबाट तल झर्‍यो नेप्से,लगानीकर्ता थप सशंकित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2024 | 03:24:25 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक घटेको छ ।यो दिन  बजार ५७.०३ अंकले घटेर २ हजार ५८०.७६ विन्दुमा आइपुगेको छ ।

यो दिन पनि बजार घट्ने क्रमले निरन्तरता दिएको छ। बजार लगातार घटेर यो दिन २ हजार ५०० विन्दुको लाइनमा आएको छ ।नेप्से परिसूचक करिब २ महिनापछि २ हजार ६०० विन्दुभन्दा तल झरेको हो।

यो दिन बजार घटेसँगै कारोबार पनि घटेको छ । यो दिन ३१२ वटा कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार १० अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ८.५४ अंकले घटेर ४६०.११ विन्दुमा पुगेको छ।


यसअघि ३ हजार विन्दुभन्दा माथि पुगेको बजार केहि समययता अस्थिर हुँदै निरन्तर तल झरिकेको छ । बजार घटिरहेको कारण काराबोर पनि तल झरिरहेको छ । अघिल्लो साताको पहिलो कारोबारदेखि नै बजारमा अन्योल देखिएपनि अन्तिम दिन बिहीबार भने बजार बढेको थियो ।तर यो साताको शुरुवाती दिनदेखि नै बजारको यात्रा ओरालो गतिमा छ ।

बजार पहिलो कारोबार दिनदेखि नै दोहोरो अंकले गिरावट भएका कारण लगानीकर्ता झन निराश बन्न पुगेका छन् । हालसम्ममा बजार यो अवधिमा बजार ठूलो अंकका साथ घटिसकेको छ ।  यो दिन २२७ वटा कम्पनीको मूल्य घटेको छ भने १४ वटा कम्पनीको मूल्य बढेको छ । ३ वटा कम्पनीको मूल्य भने स्थिर छ । दिनभरको उताचढावका बीच शेयर बजार घटेर बन्द भएको छ ।

यस दिन तीन ओटा अलग- अलग कमपनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा आत्मनिर्भर लघ्ुवित्त वित्तीय संस्था, जनउत्थान लघु्वित्त वित्तीय संस्था र हिमालय हाइड्रोपावर कम्पनी छन् ।

त्यस्तै रावा इनर्जि पावर कम्पनी शेयरमूल्य ५.३७ प्रतिशत बढेको छ । यसैगरी, यो दिन गुडवील फाइनान्सको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । त्यस्तै थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.३६ प्रतिशतले घटेको छ । यसैगरी, नेपाल फाइनान्सको शेयरमूल्य भने ८.४२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यो दिन पनि शिर्षस्थानमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छ। उक्त कम्पनीको ३१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, सानीमा रिलाइन्स लाइफ इन्स्योरेन्सको २७ करोड ४२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यसैगरी, नेप्सेमा  सूचीकृत १३ वटै उपसमूहको परिसूचकहरु यो दिन घटेका छन् । जसमा सबैभन्दा बढी वित्त उपसमूह ५.६६ प्रतिशतले घटेको छ।यसपछि होटल्स एन्ड टुरिजम उपसमूहको परिसूचक २.७९ प्रतिशतले घटेको छ भने लघुवित्त, अन्य, व्यापार, लगानी, विकास बै.क उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीका दरले घटेका छन् । 

 सोमबार मात्रै अधिकांश वाणिज्य बैंकहरुले असोजका लागि ब्याजदर थप घटाएका छन् । यतिमात्र हैन, नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीमा अधिक तरलता भएपछि दैनिक रुपमा तरलता संकलन गरिरहेको छ । यति हुँदा पनि बजार उकालो लाग्न सक्ने कुनै छाँट देखिएको छैन । तापनि नियामक निकायहरुले सक्रियता देखाइरहेका कारण बजारले अबको केहि दिन पछि सकारात्मक संकेत देखाउने आशामा लगानीकर्ता रहेको बजार विश्लेषक केशव सुवेदी बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved