तेहेरो अंकले बढ्यो बजार, २७ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2024 | 03:21:37 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो कारोबार दिन मंगलबार बजार तेहेरो अंकले बढेको छ । यो दिन नेप्से परिसूचक ११४.७० अंकले बढेर २ हजार ६२३.५६ विन्दुमा पुगेको छ ।

बजार उच्च अंकले बढेसँगै नेप्से परिसूचक २ हजार ६०० विन्दुबाट माथितिर उकालो लागेको छ । यसअघि शेयर बजार घटेर २ हजार ४०० विन्दुको लाइनमा पुगेको थियो बजार केहिदिन यतादेखि फेरि बढ्न थालेको छ ।

दिनभर बजारमा तिब्ररुपमा उतारचढाव देखिएता पनि अन्तिम समयमा आएर बजारमा लगानीकर्ताले आक्रामक रुपमा लगानी बढाएका थिए । बजारमा गतिलो बाउन्स ब्याक भएसँगै कारोबारमा पनि सुधार भएको छ । कारोबार पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

यो दिन  ३०७ वटा कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोडमाथिको कारोबार भएको छ ।साताको दोस्रो कारोबार दिन सोमबार भने बजार दोहोरो अंकले बढेर २ हजार ५०८.८६ विन्दुमा बन्द भएको थियो । उक्त दिन ३ अर्ब ७१ करोड माथिको कारोबार भएको थियो ।

अघिल्लो कारोबार दिन लगानीकर्ताले सिमेन्ट कम्पनीमा लगानी खन्याएका थिए । यो दिन भने लगानीकर्ताले वित्त कम्पनी र लगानी उपसमूहका कम्पनीमा आफ्नो लगानी खन्याएका छन् ।यस्तै राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि १९.४६ अंकले बढेर ४७०.८१ विन्दुमा पुगेको छ।

यो दिन २४३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने एक वटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै एक वटा कम्पनीको मूल्य भने स्थिर छ ।

यस दिन एनएलजी इन्स्योरेन्सको कारोबार अग्रस्थानमा छ । उक्त कम्पनीको २८ करोड ८२ लाख बराबरको कारोबार भएको छ ।त्यस्तै हिमालयन रिइन्स्योरेन्सको २३ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल फाइनान्सको २० करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै यो दिन  २७ वटा अलग- अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा बुटवल पावर कम्पनी, गुराँस फाइनान्स,गुडवील फाइनान्स, श्रीइन्भेष्टमेन्ट फाइनान्स,सेन्ट्रल फाइनान्स,जानकी फाइनान्स,समृद्धि फाइनान्स,गुहेश्वरी मर्चेन्ट बैंकिङ,आईसीएफसी फाइनान्स, पोखरा फाइनान्स,दोर्दी हाइड्रोपावर,सिटी होटल,नेपाल वेयरहाउजिङ,मन्जुश्री फाइनान्स,इष्टर्न हाइड्रोपावरलगायत २७ वटा कम्पनीहरु छन् ।

यसैगरी, यो दिन नेप्सेमा सूचीकृत १३ वटै उपसमूहमा हरियाली छाएको छ । यो दिन सबैभन्दा बढी वित्त उपसमूह ९.७४ प्रतिशतले बढेको छ ।त्यस्तै दोस्रोमा लगानी उपसमूह ६.१० प्रतिशतले बढेको छ ।

यस्तै हाइड्रोपावर उपसमूह ५.९८ प्रतिशतले बढेको छ ।यो दिन लगानीकर्ता वित्त कम्पनीमा ओइरिएका छन्  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved