२७ अंकले घटेर बन्द भयो नेप्से, कारोबार रकममा पनि गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2024 | 04:14:16 PM मा प्रकाशित

nepal oil ltd

कारोबारको तेस्रो दिन शेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ भने कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। नेप्से २७ दशमलब  ३९ अंकले घटेर २ हजार ६६३ दशमलब ३२ मा आइपुग्दा कारोबार रकम पनि ४ अर्ब ५९ करोडमा खुम्चिएको छ। 

कारोबारको सुरुवाती समयमा नेप्से बढेर २७०० को बिन्दुमा पुगेपनि पछि २७ अंकले घटेको हो। 

आज कारोबारमा आएका ३०० कम्पनीबाट ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। जसमा सबैभन्दा बढी एनएलजी इन्स्योरेन्सको २७ करोड १७ लाखको कारोबार भएको छ। 

त्यस्तै आजको कारोबारमा सबै भन्दा बढी मिड सोलु हाइद्रोपावरको मुल्य १० प्रतिशतले बढेको छ। भने, सबैभन्दा बढी इस्टर्न हाइड्रोको शेयर साढे ८ प्रतिशतले घटेको छ। 




Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved