आरविवि मर्चेन्टद्वारा विधार्थी तथा शिक्षक शिक्षिकालाई शेयर शिक्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2024 | 11:06:52 AM मा प्रकाशित

laxmi sunrise bank

आरविवि मर्चेन्ट बैंकिंगले 'विश्व लगानीकर्ता सप्ताह २०२४' को अवसरमा देशभरका बिभिन्न स्थानमा शेयरशिक्षा लगायतका सचेतना कार्यक्रमको आयोजना गरेको छ। 

आरविवि मर्चेन्टले राम नारायण अयोध्या उच्च मा.वि, पिपरा, महोत्तरी मा २ तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक शिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त सचेतनामूलक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पिपरा शाखाका प्रमुख सन्तोष कुमार ठाकुर र शाखाका कर्मचारी  भगवान् चौधरी तथा  राम नारायण अयोध्या उच्च मा.वि, का अध्यक्ष  लक्ष्मण मण्डल, सहायक प्रधानाध्यापक  सुजय कुमार राय लगायत अध्यनरत विधार्थीहरु तथा शिक्षक शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

आरविवि मर्चेन्टको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, बरिष्ठ प्रबन्अजय घिमिरे र अधिकृत राम नारायण तिवारीले कार्यक्रम संचालन गरेका थिए । साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ  अजय घिमिरे तथा राम नारायण तिवारीले दिएका थिए।  

आरबीबी मर्चेन्टले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले २०८१, कात्तिक ६ गते देखि १२ गते सम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved