एभरेष्ट बैंकको बोनस दर्ता गरेर कार्यभार थाले बोर्ड अध्यक्ष श्रेष्ठले

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2024 | 11:12:18 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदभार सम्हालेका छन । बुधबार एभरेष्ट बैंकको बोनस दर्ताको पहिलो निर्णय गरेर आफ्नो काम थालनी गरेका हुन् । 

पदभार कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष श्रेष्ठले आफु अप्ठ्यारो समयमा जिम्मेवारी सम्हालेकोले चुनौतीलाई अवसरमा बदल्ने बताए । यसका साथै नयाँ स्टक एक्सचेञ्जबारे बोल्दै श्रेष्ठले नेपाल सरकारले दिएको आदेश अनुसार निर्णय लिने बताए । 

त्यस्तै, उनले आफनो कार्यकालमा धितोपत्र बोर्डको आफनै भवन निर्माण गर्ने प्रतिबद्दता व्यक्त गरे । अध्यक्ष श्रेष्ठले अहिले पाइपलाइनमा रहेका सर्वजानिक निष्कासनको क्रममा रहेका कम्पनीलाई आवश्यकता अनुसार अनुमति दिइने पनि बताए ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved