मुक्तिनाथ म्युचुअल फण्ड १ को इकाई विक्री खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2024 | 12:11:18 PM मा प्रकाशित

laxmi sunrise bank

मुक्तिनाथ क्यापिटल लिमिटेडले पहिलो म्युचुअल फण्ड सञ्चालनका लागि आजदेखि इकाई निष्कासन तथा विक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। निष्कासन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १३ प्रतिशत वा १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

उक्त फण्डमा मंसिर २४ गतेसम्मका लागि आवेदन दिन सकिने छ । उक्त अवधिमा माग वमोजिम आवेदन नपरेमा पुस ४ गतेसम्म समय थप गरिने बताइएको छ । यी इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । 

इकाई खरीदका लागि लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा सेवाका लागि अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयसँगै मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिने छ । 

बन्दमुखी प्रकृतिको १० वर्षे अवधिका लागि मुक्तिनाथ म्युचुअल फण्ड १ नाम रहने गरी क्यापिटलले योजना सञ्चालन गर्नेछ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved