१५.९३ अंकले घट्यो शेयर बजार

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Dec 05, 2024 | 03:10:58 PM मा प्रकाशित

laxmi sunrise bank

साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्लो कारोबार दिन २४.९७ अंकले घटेको बजार बिहीबार १५.९३ अंकले घटेर २ हजार ७३४.९३ विन्दुमा बन्द भएको हो ।

बिहीबार ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख कित्ता शेयर खरिद विक्री भएको छ । बिहीबार कारोबारमा आएका कम्पनीहरुमध्ये ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ वटा कम्पनीको घटेको छ । बाँकी रहेका ३ वटा कम्पनीको शेयर मूल्य स्थिर छ । 

आज खानीखोला हाइड्रोपावरको शेयमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ । कम्पनीको ४२ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ । 


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved