दुई कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2024 | 10:08:51 AM मा प्रकाशित

laxmi sunrise bank

नेप्सेले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ प्रतिशत र फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात एनआरएनको शेयरमूल्य १ हजार ६१ रुपैयाँ ९० पैसा कायम भएको छ भने फर्स्ट माइक्रोफाइनान्सको ७३१ रुपैयाँ १९ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। बिहीबार, एनआरएनको शेयर प्रतिकित्ता १ हजार १५० रुपैयाँ र फर्स्टको शेयर प्रतिकित्ता ७९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा यी दुई कम्पनीको शेयर कारोबार हुनेछ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved