सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितको बैठकको निर्णयअनुसार पुष २३ गते आफ्नो नवौं सभा बोलाएको हो । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुष ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय समेत गरेको छ ।
सभा प्रयोजनका लागि पुस ११ गते एक दिन बुक क्लोज हुनेछ । त्यसैले पुस १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउँनेछन् ।
सभाले समान उद्देश्य भएका उपयुक्त कम्पनीसँग मर्जरमा जाने प्रस्ताव राखेको छ भने लाभांशसम्बन्धी कुनै प्रस्ताव छैन ।