आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख ७५ हजार ९ सय २७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर हाल कायम रहेका यस वित्तीय संस्थाका संस्थापक शेयरधनीहरुका लागि विक्रीमा ल्याइएको हो ।
शेयर खरिद गर्ने शेयरधनीहरुले यस सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा वित्तीय संस्थाको केन्द्रीय कार्यालय, बनेपा– १३, साँगा , काभ्रेपलाञ्चोकमा निवेदन दिन सक्नेछन् ।
साथै तोकिएको म्याद भित्र संस्थापक शेयरधनीहरुको निवेदन पेश नभएमा अन्य कम्पनी तथा व्यक्तिलाई विक्री गर्ने कम्पनीको सुचनामा उल्लेख छ ।