भारी अंकले घट्यो नेप्से परिसूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2024 | 03:15:56 PM मा प्रकाशित

laxmi sunrise bank

साताको पहिलो कारोबार दिन आइतबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक भारी अंकले घटेको छ । अघिल्लो कारोबार दिन बिहीबार १५.९३ अंकले घटेको बजार आइतबार ४५.९३ अंकले घटेर २ हजार ६८९ विन्दुमा बन्द भएको हो । 

आइतबार कारोबार रकम समेत घटेको छ । आज ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँ बराबरको १ करोड ७३ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आइतबार कारोबारमा आएका कम्पनीहरुमध्ये २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको घटेको छ । बाँकी रहेका ३ कम्पनीको शेयर मूल्य स्थिर छ । 

आज खानीखोला हाइड्रोपावरको शेयमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्ट लिमिटेडको भएको छ । कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved