नेप्सेमा ३३.४२ अंकको गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2024 | 03:25:34 PM मा प्रकाशित

laxmi sunrise bank

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । अघिल्लो कारोबार दिन बुधबार उच्च अंकले बढेको बजार बिहीबार ३३.४२ अंकले घटेर २ हजार ६८२.२९ विन्दुमा झरेको हो । 

बिहीबार कारोबार रकम भने बढेको छ । आज ६ अर्ब १४ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको घटेको छ । 

आज सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ । कम्पनीको २६ करोड १२ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved