विन नेपाल लघुवित्त वित्तीय संस्थाले बुक क्लोज मिति घोषणा गरेको छ । साधारणसभा प्रयोजनका लागि लघुवित्तले पुस ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले अब पुस ४ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन पाउँनेछन् । लघुवित्तको दशौं वार्षिक साधारणसभा पुस १९ गते होटल मेलम्ची क्याफे इन, मेलम्ची, सिन्धुपाल्चोकमा बिहान साढे ११ बजेदेखि बस्नेछ ।
सभामा गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिनेछ।
साथै अन्य एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थासँग मर्जरका लागि कम्पनी खोज्ने र मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिइने समेत बताइएको छ ।