दोहोरो अंकले घट्यो नेप्से परिसूचक,कारोबार रकम पनि खुम्चियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2025 | 03:23:36 PM मा प्रकाशित

laxmi sunrise bank

साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २५.४१ अंकले घटेर २ हजार ६०९.६७ विन्दुमा बन्द भएको हो। 

आज ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ बराबरको ८० लाख २१ हजार कित्ता शेयर खरिद विक्री भएको छ ।

आज ४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनी शेयर मूल्य भने स्थिर रहेको  छ ।

आज विन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार  एनआरएन इन्फ्रास्ट्रक्चर्स एण्ड डेभलपमेन्टको भएको छ । कम्पनीको २० करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved