
साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार २५.४१ अंकले घटेको बजार सोमबार १५.५४ अंकले घटेर २ हजार ५९४.१३ विन्दुमा बन्द भएको हो।
आज ६ अर्ब ६५ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ३८ लाख कित्ता शेयर खरिद विक्री भएको छ ।
आज ६३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनी शेयर मूल्य भने स्थिर रहेको छ ।
आज बराही हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर्स एण्ड डेभलपमेन्टको भएको छ । कम्पनीको ४५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।