
बलेफी हाइड्रोपावरले बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद शेयर आइतबार बाँडफाँट भएको छ । कम्पनीले १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा १ करोड ६४ लाख ८१ हजार ४४ कित्ताका लागि मात्र आवेदन परेको छ।
कम्पनीले अब आफ्नो अवितरित हकप्रद शेयरको बाँकी रहेको १७ लाख ९८ हजार ६५६ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउने भएको छ।