
साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । सोमबार १५.५४ अंकले घटेको बजार आज नेप्से १.८३ अंकले बढेर २ हजार ५९५.९६ विन्दुमा बन्द भएको हो ।
आज ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता शेयर खरिद विक्री भएको हो । आज कारोबारमा आएका कम्पनीमध्ये १२४ कम्पनीको शेयर बढ्दा १०८ कम्पनीको शेयरमा ओरालो लागेको छ । १० वटा कम्पनीको शेयर भने स्थिर रहेको छ ।
आज दोल्ती पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर्स एण्ड डेभलपमेन्टको भएको छ । कम्पनीको ३२ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।