
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्नको लागि नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई जारी पुँजीको ३० प्रतिशत आइपीओ निष्कासनका लागि माघ ३ गते अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआइएमबिएस क्यापिटल लिमिटेड रहेको छ । बिहीबार नै ओम मेगाश्री फर्मास्यूटिकल्सले पनि आईपीओ निष्कासनको अनुमति पाइसकेको छ ।