दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ६ अर्ब भन्दा बढीको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2025 | 03:18:23 PM मा प्रकाशित

laxmi sunrise bank

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बिहीबार ७.३३ अंकले घटेको बजार आज १२.५८ अंकले बढेर २ हजार ६०१.२१ विन्दुमा बन्द भएको हो । 

आज ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँ बराबरको १ करोड २९ लाख कित्ता शेयर खरिद विक्री भएको हो । आज कारोबारमा आएका कम्पनीमध्ये १७१ कम्पनीको शेयर बढ्दा ६८ कम्पनीको शेयर घटेको छ । ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर्स एण्ड डेभलपमेन्टको भएको छ । कम्पनीको २६ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved