
नेको इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुकक्लोज मिति तय गरेको छ। इन्स्योरेन्सले माघ १८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको हो । अब पुस १५ गतेसम्म (पुस १६ र १७ गते सार्वजनिक बिदा) नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले इन्स्योरेन्सको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो। यस अनुसार कम्पनीले हाल कायम ४ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।