सोमबार ६ अंकले बढ्यो नेप्से परिसूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2025 | 03:12:24 PM मा प्रकाशित

laxmi sunrise bank

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आइतबार १२.५८ अंकले बढेको बजार आज ६.७८ अंकले बढेर दुई हजार ६०७.९९ विन्दुमा बन्द भएको हो । 

आज ६ अर्ब ५७ करोड ४ लाख रुपैयाँ बराबरको १ करोड ३६ लाख कित्ता शेयर खरिद विक्री भएको हो । आज कारोबारमा आएका कम्पनीमध्ये ११८ कम्पनीको शेयर बढ्दा ११७ कम्पनीको शेयर घटेको छ । ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज मानुषी लघुवित्तको शेयरमूल्य ९ प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार रिभर फल्स पावरको भएको छ । कम्पनीको २४ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved