उच्च अंकले बढ्यो नेप्से परिसूचक, दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2025 | 03:18:57 PM मा प्रकाशित

laxmi sunrise bank

साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । मंगलबार ५.०८ अंकले बढेको बजार बुधबार ५२.३६ अंकले बढेर दुई हजार ६६५.४५ विन्दुमा बन्द भएको हो । 

आज ९ अर्ब २० करोड ३० लाख रुपैयाँ बराबरको १ करोड ७६ लाख कित्ता शेयर खरिद विक्री भएको हो । आज कारोबारमा आएका कम्पनीमध्ये १९६ कम्पनीको शेयर बढ्दा ३७ कम्पनीको शेयर घटेको छ । ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर्स एण्ड डेभलपमेन्टको भएको छ । कम्पनीको ६१ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved