आशा लघुवित्तको २० लाखभन्दा बढी कित्ता शेयरको लकइन फागुन ११ गते सकिदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2025 | 12:27:23 PM मा प्रकाशित

laxmi sunrise bank

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका २० लाख १४ हजार २२७.५० कित्ता शेयरको लकइन अवधि फागुन ११ गतेपछि सकिँदैछ। कम्पनीले आज सूचना जारी गर्दै उक्त लकइन अवधि सकिने जानकारी दिएको हो।

यसअघि साविक राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७८ सालको फागुन ४ देखि ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो। सो आईपीओमा संस्थापक तर्फ १७ लाख ५० हजार कित्ता र कर्मचारी तर्फ १३ हजार कित्ता शेयर जारी गरिएको थियो जसको लकइन अवधि तीन वर्षको लागि राखिएको थियो।

लकइन अवधि सकिनु अघि, कम्पनीले वितरण गरेको बोनस शेयरका संस्थापक तर्फ २ लाख ४९ हजार ३७५ कित्ता र कर्मचारी तर्फ १ हजार ८५२ कित्ता शेयर रहेका छन्। अब, फागुन १२ गतेदेखि यी सबै शेयर कारोबारयोग्य हुनेछन्। कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved