दोहोरो अंकले घट्यो नेप्से परिसूचक, तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2025 | 03:22:11 PM मा प्रकाशित

laxmi sunrise bank

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार ५२.३६ अंकले बढेको बजार बिहीबार ११.१० अंकले घटेर दुई हजार ६५४.३५ विन्दुमा बन्द भएको हो । 

आज ७ अर्ब ८५ करोड ७७ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख कित्ता शेयर खरिद विक्री भएको हो । आज कारोबारमा आएका कम्पनीमध्ये ८६ कम्पनीको शेयर बढ्दा १५० कम्पनीको शेयर घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार सप्तकोशी डेभलपमेन्टको भएको छ । कम्पनीको ३० करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved