आईसीएफसी फाइनान्सको डिबेन्चरमा लगानीकर्ताको आकर्षण, दोस्रो दिनमै दुई गुणा बढीको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2025 | 05:10:12 PM मा प्रकाशित

laxmi sunrise bank

आईसीएफसी फाइनान्स लिमिटेडले जारी गरेको ‘९ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ दोस्रो दिनमै मागभन्दा दुई गुणा बढी आवेदन परेको छ। सीडीएस एन्ड क्लियरिङका अनुसार बिहीबार बिहानसम्म ४ हजार १ सय ९५ जना आवेदकले २ लाख ९६ हजार १ सय ९७ कित्ताका लागि आवेदन दिएका छन्, जसको रकम २९ करोड ६१ लाख ९७ हजार रुपैयाँ बराबर छ।

फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता डिबेञ्चर जारी गरेको हो। यसमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।

सर्वसाधारणका लागि छुट्याइएका ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने समय माघ १३ गतेसम्म रहेको छ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ।

यो डिबेञ्चरको लोकप्रियता देखाउँदै लगानीकर्ताको ठूलो चासो रहेको पुष्टि भएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved