
साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार सामान्य अंकले बढेको बजार आज १४.०८ अंकले घटेर दुई हजार ७१५.९१ विन्दुमा बन्द भएको हो ।
आज ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६९ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये ७१ कम्पनीको शेयरमूल्य बढ्दा १६२ कम्पनीको शेयरमूल्य घटेको छ । ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज जोशी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर्स एण्ड डेभलपमेन्टको भएको छ । कम्पनीको ३० करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।