स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न, १८ लाखभन्दा बढी लगानीकर्ता खाली हात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2025 | 10:22:39 AM मा प्रकाशित

स्वरोजगार लघुवित्तको फ़र्दर पब्लिक अफरिंङ (एफपीओ)  बाँडफाँट सम्पन्न भएको छ। विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय, बालुवाटार, काठमाडौंमा आज बिहान बाँडफाँट गरिएको हो।

एफपीओमा मागभन्दा निकै बढी आवेदन परेको थियो। कुल १८ लाख ८२ हजार ४२२ लगानीकर्ताले २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन दिएका थिए। तर, सीमित सेयर मात्र उपलब्ध भएकाले १९ हजार ५७७ जना मात्र सेयर हात पार्न सफल भए। बाँकी १८ लाख ६२ हजार ८४५ जना भने निराश बनेका छन्।

कम्पनीले फागुन १८ गतेदेखि २१ गतेसम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गरिएको थियो।

बाँडफाँट नतिजा अनुसार, १९ हजार ५७४ जनाले १०–१० कित्ता सेयर प्राप्त गरेका छन्, भने ३ भाग्यमानी आवेदकले ११ कित्ताका दरले सेयर पाएका छन्।

बाँडफाँटको नतिजा बिक्री प्रबन्धकको वेबसाइट, मेरो सेयर एकाउन्ट, सीडीएस एन्ड क्लियरिङको पोर्टल तथा कम्पनीको आधिकारिक वेबसाइटबाट हेर्न सकिनेछ। सेयर पाउनेहरू उत्साहित देखिएका छन्, भने अधिकांश लगानीकर्ता निराश बनेका छन्। मागभन्दा निकै कम सेयर बाँडफाँट भएकाले बजारमा एफपीओको मूल्य उच्च हुने अपेक्षा गरिएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved