नेप्सेको सीईओका लागि ५ जनाको नाम सर्टलिस्टमा, कहिले हुन्छ अन्तर्वार्ता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2025 | 09:32:00 AM मा प्रकाशित

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) चयन प्रक्रिया अगाडि बढिरहेको छ। सीईओ चयनका लागि गठित सिफारिस समितिले पाँच उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको छ। यस सूचीमा चुडामणी चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालका नाम समावेश छन्। यसपछि, उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता प्रक्रिया चैत ६ गते बुधबार बिहान सात बजे अर्थ मन्त्रालयमा हुनेछ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदको लागि १० जनाले आवेदन दिएका थिए। जसमध्ये सर्टलिस्टमा परेका युवराज दाहाल, प्रविण अधिकारी, बिमल कुमार तिवारी, कृष्णबहादुर कार्की र मुकुन्दराज जोशीलाई समावेश गरिएको छैन।

अन्तर्वार्ता र प्रस्तुतीकरण पछि, चयन समितिले एक उम्मेदवारलाई सिफारिस गर्नेछ र त्यसपछि मन्त्रिपरिषद्ले अन्तिम निर्णय लिनेछ। सिफारिस समितिको संयोजक अर्थ मन्त्रालयका सहसचिव सेवान्तक पोखरेल रहेका छन्।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved