नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम ६ अर्बमा सिमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2025 | 03:20:31 PM मा प्रकाशित

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। बुधबार १७.२८ अंकले बढेको बजार आज २१.६३ अंकले घटेर दुई हजार ७१४.८५ विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकम पनि घटेको छ । नेप्सेमा १ करोड ३९ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज बजारमा ३१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

आजको कारोबारमा सामुदायिक लघुवित्तको शेयरमूल्य ८.१९ प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार हिमालयन रि–इन्स्योरेन्सको भएको छ । कम्पनीको ५८ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved