साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आइतबार २१.६३ अंकले घटेको बजार सोमबार थप १०.१४ अंकले ओरालो लाग्दै २,७०४.७० विन्दुमा बन्द भएको छ।
आज कारोबार रकममा पनि गिरावट आएको छ। नेप्सेमा १ करोड ९९ लाख ३५ हजार कित्ता शेयर खरिद–विक्री हुँदा ५ अर्ब ४० करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा ८५ वटा कम्पनीको शेयर मूल्य बढ्दा १४५ वटा कम्पनीको मूल्य घटेको छ भने १३ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
सोमबारको कारोबारमा राप्ती हाइड्रो एण्ड जेनेरलको शेयर मूल्य उच्च वृद्धि भई ९.८६ प्रतिशतले बढेको छ। त्यस्तै, सर्वाधिक कारोबार भने हिमालयन रिइन्स्योरेन्सको भएको छ, जसको ४३ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।