सामान्य अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब ३४ लाखको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2025 | 03:19:55 PM मा प्रकाशित

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य घटेको छ। सोमबार १०.१४ अंकले ओरालो लागेको बजार आज थप ७.६६ अंकले घटेर २ हजार ६९७.०४ विन्दुमा बन्द भएको हो।

आज कारोबार रकममा पनि गिरावट आएको छ। नेप्सेमा ८२  लाख ३७ हजार कित्ता शेयर खरिद–विक्री हुँदा ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा ८६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १५२ वटा कम्पनीको मूल्य घटेको छ भने ५ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

मंगलबारको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्किट लेभलमा बढेको छ । त्यस्तै, सर्वाधिक कारोबार भने हिमालयन रिइन्स्योरेन्सको भएको छ, जसको ३२ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved