सेयर बजारमा अन्तिम समयमा चलखेल गर्ने ढोका बन्द, नेप्सेमा लागू भयो नयाँ व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2025 | 05:34:17 PM मा प्रकाशित

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अन्तिम कारोबार मूल्य निर्धारण गर्ने नयाँ प्रणाली लागू गर्ने निर्णय गरेको छ। नेप्से सञ्चालक समितिको बैठकबाट पारित भई नेपाल धितोपत्र बोर्डबाट स्वीकृत कारोबार संचालन विनियमावली (चौथो संशोधन) २०८१ अनुसार यो व्यवस्था लागू गर्न लागिएको हो। बुधवार एक सूचना जारी गर्दै नेप्सेले सो जानकारी गराएको हो।

नयाँ प्रणाली चैत ७ गते बिहीबारदेखि लागू हुने छ। यसअनुसार, दैनिक कारोबार अवधिको अन्तिम १५ मिनेट (२ः४५ देखि ३ः००) को भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ। अर्थात्, बजार बन्द हुनु अघिको १५ मिनेटमा भएको कारोबार मूल्यहरूको औसत निकालेर अन्तिम मूल्य निर्धारण गरिनेछ।

यदि सो अवधिमा कुनै कारोबार नभएमा त्यसअघि भएको अन्तिम कारोबार मूल्य नै अन्तिम मूल्य मानिनेछ। नेप्सेले यो प्रणाली मूल्य निर्धारणलाई थप पारदर्शी बनाउनका लागि लागू गरिएको बताएको छ।

नेप्सेले लगानीकर्ताहरूलाई नयाँ प्रणालीबारे आवश्यक जानकारी लिन र तयार रहन आग्रह गरेको छ। शेयर बजार सुधारका लागि गरिएको यस परिवर्तनले लगानीकर्ताहरूको विश्वास बढाउने अपेक्षा गरिएको छ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved