नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2025 | 03:15:01 PM मा प्रकाशित

साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। बुधबार १४.८८ अंकले घटेको बजार आज थप १२.३८ अंकले घटेर २ हजार ६६९.७६ विन्दुमा बन्द भएको हो।

आज कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा ९५ लाख ९९ हजार कित्ता शेयर खरिद–विक्री हुँदा ४ अर्ब ५६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा ६२ वटा कम्पनीको शेयर मूल्य बढ्दा १७५ वटा कम्पनीको मूल्य घटेको छ भने ७ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

बिहीबारको कारोबारमा दोल्ती पावर कम्पनीको शेयर मूल्य ७.५३ प्रतिशतले बढेको छ । त्यस्तै, सर्वाधिक कारोबार भने नेपाल रिइन्स्योरेन्सको भएको छ, जसको २८ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved