नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा जिआईसी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले यस दिन इन्स्योरेन्सको ७.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ६१७ रुपैयाँ ९६ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन (बिहीबार) इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता ६६४ रुपैयाँ ३१ पैसामा कारोबार भएको थियो।