ङादी ग्रुप पावर लिमिटेडले लिलामीमार्फत विक्रीमा ल्याएको ८ लाख ७३ हजार ६१.२२५ कित्ता शेयरको बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन गर्दा बाँकी रहेको सर्वसाधारण समूहको शेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो। उक्त शेयरको बाँडफाँट सम्पन्न भएको हो।
कम्पनीका अनुसार न्यूनतम २६६ रुपैयाँ २० पैसाको कट–अफ प्राइस कबोल गरी बोलपत्र पेश गर्ने लगानीकर्ताहरूले लिलामी शेयर प्राप्त गरेका छन्। यसअघि कम्पनीले १०० प्रतिशत बराबरको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो। सोही हकप्रदमा बाँकी रहेका शेयर लिलामीमार्फत निष्काशन गरिएको हो।
लिलामीमा सहभागी भई शेयर प्राप्त गर्न नसकेका आवेदकको रकम कम्पनीले यही चैत ११ गते सोमबारदेखि फिर्ता दिने भएको छ। आवेदन फारममा उल्लेख गरिएको बैंक खातामा कनेक्ट आइपीएस प्रणालीमार्फत रकम फिर्ता गरिने जानकारी कम्पनीले दिएको छ।
साथै, आफ्नो खातामा रकम फिर्ता भएको/नभएको यकिन गरी कुनै समस्या परेमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल काठमाडौंमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।
लिलामी बाँडफाँटसँगै शेयर बजारमा अब कम्पनीको शेयरप्रति लगानीकर्ताको चासो बढ्ने अपेक्षा गरिएको छ।