शेयर बजारमा भारी अंकको गिरावट, २३० कम्पनीको शेयरमा घाटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2025 | 03:27:07 PM मा प्रकाशित

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ । बिहीबार १२.३८ अंकले घटेको बजार आज ५३.०४ अंकले घटेर २ हजार ६१६.२६ विन्दुमा बन्द भएको हो।

आज कारोबार रकम भने बढेको छ। आज नेप्सेमा १ करोड २३ लाख ७१ हजार कित्ता शेयर खरिद–विक्री हुँदा ६ अर्ब ३२ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा १३ वटा कम्पनीको शेयर मूल्य बढ्दा २३० वटा कम्पनीको मूल्य घटेको छ ।

आइतबारको कारोबारमा कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य ८.७२ प्रतिशतले बढेको छ । त्यस्तै, सर्वाधिक कारोबार भने हिमालयन रिइन्स्योरेन्सको भएको छ, जसको ४२ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved