नेप्से उच्च अंकले उकालो लाग्दा घट्यो कारोबार रकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2025 | 03:21:30 PM मा प्रकाशित

केही दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजार साताको दोस्रो कारोबार दिन सोमबार (आज) उच्च अंकले बढेको छ । आइतबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक ५३.०४ अंकले घटेको बजार सोमबार ३०.५२ अंकले बढेर २ हजार ६४५.२० विन्दुमा बन्द भएको हो।

आज कारोबार रकम भने घटेको छ। आज नेप्सेमा ९७ लाख ३९ हजार कित्ता शेयर खरिद–विक्री हुँदा ४ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा २१० वटा कम्पनीको शेयर मूल्य बढ्दा ३३ वटा कम्पनीको मूल्य घटेको छ ।

सोमबारको कारोबारमा गार्डियन माइक्रो लाइफको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । त्यस्तै, सर्वाधिक कारोबार भने हिमालयन रिइन्स्योरेन्सको भएको छ, जसको ३२ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved