ट्रेड टावरले पायो आईपीओ निष्काशनको अनुमति, के हो यो कम्पनीको मुख्य आम्दानी स्रोत ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2025 | 04:38:27 PM मा प्रकाशित

nepal oil ltd

ट्रेड टावर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति पाएको छ। बोर्डले चैत २५ गते कम्पनीलाई ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको आईपीओ विक्री गर्न स्वीकृति दिएको हो। योअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ सर्वसाधारणलाई खुला गर्नेछ।

ट्रेड टावरले चुक्तापुँजीको ४८.६९६ प्रतिशत बराबरको शेयर निष्काशन गर्दैछ। आईपीओपछि कम्पनीको कुल चुक्तापुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ पुग्नेछ। यस आईपीओको विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको प्रारम्भिक नाम कञ्जनजंघा हाउजिङ लिमिटेड रहेको भए पनि हाल ट्रेड टावरको रूपमा चिनिँदै आएको छ। कम्पनीले काठमाडौंको थापाथलीस्थित नेपाल खाद्य संस्थानको जग्गा ३२ वर्षको भाडामा लिएर बनाएको ‘ट्रेड टावर’ नामक व्यावसायिक भवनबाट मुख्य आम्दानी उठाउँदै आएको छ। सो भवन सञ्चालनमा आएको १४ वर्ष भइसकेको छ।

त्यसैगरी कम्पनीले ललितपुरको भैंसेपाटीस्थित जनता आवास आयोजना सम्पन्न गरी बिक्री गरिसकेको छ। यस्तै, गौशालामा क्रिस्टल होटल निर्माण गरी सञ्चालनमा ल्याइएको छ, जहाँ ९० वटा लक्जरियस रुम छन्। सो होटलबाट प्राप्त हुने आम्दानी समेत कम्पनीको प्रमुख आम्दानी स्रोत हो।

साथै, कम्पनीको २०८१ मंसिर १२ गतेको साधारणसभाले उपयुक्त पार्टनर भेटेमा मर्जरको सम्झौता गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गरेको थियो। यसबाट कम्पनीको दीर्घकालीन रणनीति बिस्तारमै केन्द्रित देखिएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved