अन्तिम १५ मिनेटको औषत मूल्यमा देखिएको अन्योल: नेप्सेको प्रणालीमै समस्या कि चलखेल ?

सीता बुढाथोकी

सीता बुढाथोकी

Apr 15, 2025 | 08:28:36 AM मा प्रकाशित

nepal oil ltd

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले चैत्र ७ गतेदेखि अन्तिम १५ मिनेटको भारित औषत कारोबार मूल्यलाई अन्तिम मूल्यको रुपमा गणना गर्ने व्यवस्था लागू गरेपछि बजार सूचकांक (इन्डेस्क) मा देखिएको असमानताले प्रश्नसंगै आशंका उब्जिएको छ। बजार बन्द हुँदा अर्थात तीन बजे देखिएको नेप्से इन्डेक्स र बन्द भएको केही समयपछि देखा पर्ने नयाँ सूचकांकबीचको फरकले लगानीकर्तामा प्रश्नसंगै आशंका बढाएको हो। 

केहिले नेप्से इन्डेक्समा देखियो यस प्रकारको असमानतालाई चलखेलको रुपमा लिएका छन् भने केहिले यसलाई प्राविधिक समस्या हुन सक्ने भनेका छन्। आशंका गर्नेहरुले हिजोका दिनमा कारोबारको अन्तिम समयमा कम्पनीका मूल्यमा छेडछाड गर्ने समुहले नै अहिलेपनि अन्तिम पन्ध्र मिनेटको समयमा चलखेल गरेको तर्क गरेका छन्। 

तर, नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले यो समस्या नभई नयाँ प्रणाली कार्यान्वयनसँग जोडिएको प्राविधिक प्रकृया भएको स्पष्ट पारेका छन्। 

उनले भने, “अन्तिम १५ मिनेटको औसत मूल्यलाई आधार मानेर क्लोजिङ प्राइस निकाल्ने प्रणाली लागू गरेपछि सूचकांकमा केही समयपछि फेरबदल देखिन्छ। औसत मूल्य गणनामा हामीलाई करिब २० मिनेट समय लाग्छ, जसले गर्दा क्लोजिङ इन्डेक्स केही ढिलो मात्र देखिन्छ।”

उनका अनुसार प्रारम्भमा १० मिनेटभित्र अन्तिम मूल्य गणना गरिने भनिएपनि व्यवहारमा सो प्रक्रिया अलिक बढी समय लिन थालेको छ। यसले लगानीकर्ताको अपेक्षा र वास्तविकताबीच अन्तर ल्याएको छ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved