दोहोरो अंकले उकालो लाग्यो नेप्से परिसूचक, १० अर्ब नाघ्यो कारोबार रकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2025 | 03:28:51 PM मा प्रकाशित

nepal oil ltd

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक २६.४९ अंकले बढेर दुई हजार ७२२.७३ विन्दुमा बन्द भएको हो । 

त्यसैगरी आज कारोबार रकम पनि बढेको छ । आज कूल २ करोड ३७ लाख ७३ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार आज १८७ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने ५९ वटा कम्पनीको मूल्य घटेको छ। 

त्यसैगरी, आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनरको भएको छ। सो कम्पनीको मात्र १ अर्ब ५८ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved