रिलायबल समृद्धि योजनाको इकाई खरिदका लागि आवेदन दिने समय थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2025 | 10:02:24 AM मा प्रकाशित

nepal oil ltd

रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले वैशाख ३ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको सामूहिक लगानी कोष रिलायबल समृद्धि योजनाको इकाई खरिदका लागि आवेदन दिने समय थप गरेको छ।

सो फण्डको इकाई खरिदका लागि अब वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । जसको कुल मूल्य एक अर्ब रुपैयाँ हुनेछ।

यो योजना रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो। यस योजनामा १५ प्रतिशत इकाई अर्थात १ करोड १५ लाख इकाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र १ प्रतिशत इकाई अर्थात १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागिएको छ।

क्यापिटलले यस योजनामा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरेको छ। 

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत सबै आस्बा सदस्य बैंक र वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो शेयर’ अनलाइन सफ्टवेयर प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved