करिब १० अंकले घट्यो नेप्से परिसूचक, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2025 | 03:24:34 PM मा प्रकाशित

nepal oil ltd

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य करिब १० घटेको छ । आज नेप्से परिसूचक ९.९६ अंकले घटेर दुई हजार ६८८.३२ विन्दुमा बन्द भएको हो ।त्यसैगरी आज कारोबार रकम पनि घटेको छ । आज कूल २ करोड २५ लाख ५५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ८ अर्ब ३२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार आज ८६ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १६० वटा कम्पनीको मूल्य घटेको छ। एउटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

त्यसैगरी, आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावरको भएको छ। सो कम्पनीको मात्र ४४ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved