सांसद गौतम नेतृत्वको उपसमितिले थाल्यो शेयर बजारका विवादित कम्पनीमाथिको छानबिन

सीता बुढाथोकी

सीता बुढाथोकी

Apr 23, 2025 | 08:03:07 AM मा प्रकाशित

nepal oil ltd

बिभिन्न क्षेत्रका विवादित विषयलाई अध्ययन गरेर प्रतिवेदन पेश गर्नलाई गठित सार्वजनिक लेखा समितिका उपसमितिहरुले छलफल सुरु गरेका छन्। जसमा सांसद सञ्जय गौतम नेतृत्वको उपसमितिले समेत आफ्नो जिम्मेवारीमा परेका विवादित बिषयहरुबारे छलफल थालेको जनाइएको छ। 

सांसद गौतम नेतृत्वको उपसमितिले सहकारी, वैदेशिक रोजगार र धितोपत्र समेटिएका छन्। जसमा धितोपत्र अन्तर्गतको बिषयमा प्रिमियम मूल्यमा आईपीओ अनुमती दिंदा नियामक तहमै भ्रष्ट्राचार भएको, लायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट प्राथमिक  शेयर निष्काशन गर्दा कानुनको गम्भीर उल्लंघन गरेको, अन्नपूर्ण केबुलकार लिमिटेडको प्राथमिक  शेयर निष्कासनमा अनधिकृत सहयोग गरिएको, र सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रकृया कानुनविपरीत भएको जस्ता विषय समावेश छन्। 

“हामीले छलफल गरेर अनुगमन अगाडि बढाएका छौँ । विषय जटिल भएकाले प्रतिवेदन बुझाउन अलि समय लाग्न सक्छ,” गौतमले भने ।

उपसमितिले धितोपत्र बजारमा देखिएको व्यापक बेथिति, संस्थागत भ्रष्टाचार र नीतिगत लापरबाहीको सन्देह तथा सहकारी र बैदेशिक रोजगारीका क्षेत्रलाई  लिएर समितिले विस्तृत अध्ययन गरी प्रतिवेदन सार्वजनिक लेखा समितिमा बुझाउनेछ । सो प्रतिवेदन आधारमा आगामी संसदीय सत्रमा आवश्यक नीतिगत निर्णयको सिफारिस गरिने बताइएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved