ब्रोकर मर्जर सम्भावना घट्यो : अधिकांशले पूँजी पुरा गरेपछि एकीकरणको आवश्यकता कम

सीता बुढाथोकी

सीता बुढाथोकी

Apr 23, 2025 | 08:06:35 AM मा प्रकाशित

nepal oil ltd

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले निर्धारित गरेको पूँजी वृद्धि मापदण्डप्रति पुराना ब्रोकर कम्पनीहरू सक्रिय देखिएका छन् । पूँजी अभावका कारण मर्जरमा जाने पूर्वानुमानहरू विपरीत हालसम्म झण्डै ८० प्रतिशत पुराना ब्रोकरले २० करोड रुपैयाँ बराबरको चुक्ता पूँजी पुरा गरिसकेका छन् ।

सेबोनले पुराना ३७ वटा ब्रोकर कम्पनीलाई आगामी ०८२ असार मसान्तभित्र चुक्ता पूँजी न्यूनतम २० करोड पुर्‍याउने निर्देशन दिएको थियो । सोही आधारमा धेरै ब्रोकर कम्पनीहरूले समयसीमाअघि नै पूँजी पुरा गरेकाले मर्जरको आवश्यकता र सम्भावना न्यून भएको हो ।

एकजना ब्रोकर प्रतिनिधिले बताए अनुसार, “हामीमध्ये अधिकांशले पूँजी लक्ष्य पूरा गरिसकेकाले मर्जर जस्तो संरचनात्मक फेरबदलको चर्चा सान्दर्भिक देखिँदैन । पूँजी व्यवस्थापनप्रति कम्पनीहरू सचेत भएका छन् ।”

सेबोनले नयाँ इजाजत पाएका ब्रोकर कम्पनीहरूलाई सुरुबाटै २० करोडको पूँजीसहित सञ्चालन अनुमति दिएको थियो भने पुराना ब्रोकरहरू पुरानै कानुनी संरचनामा चलिरहेका थिए । त्यसैले पूँजीको असमानता देखिए पनि अधिकांशले आन्तरिक स्रोतबाट पूँजी जुटाउँदै पूँजी वृद्धि गरेका छन् ।

धितोपत्र बजारमा प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्न तथा लगानीकर्ताको हित सुरक्षित गर्न पूँजी वृद्धि अनिवार्य गरिएको बोर्डको भनाइ छ । बाँकी रहेका एक दर्जन कम्पनीले समेत अबको दुई महिनाभित्र पूँजी पुरा गर्ने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ ।

बोर्डका अनुसार, पूँजी वृद्धि पुरा नगर्ने कम्पनीहरूले भने आवश्यक कानुनी परिणाम भोग्नुपर्नेछ । तर हालसम्मको प्रवृत्तिले हेर्दा स्वस्फूर्त पूँजी वृद्धि नै प्रचलन बन्ने सम्भावना बलियो देखिएको छ । यसले मर्जरको सम्भावनालाई निकै नै घटाएको सेयर बजार विश्लेषकहरू बताउँछन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved