
साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३२.३८ अंकले घटेर दुई हजार ६५५.९४ विन्दुमा बन्द भएको हो ।
त्यसैगरी आज कारोबार रकम पनि घटेको छ । आज कूल १ करोड ८४ लाख ७७ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेका अनुसार आज २८ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने २१७ वटा कम्पनीको मूल्य घटेको छ। एउटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
त्यसैगरी, आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ। सो कम्पनीको मात्र ५८ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।