झिनो अंकले बढ्यो नेप्से परिसूचक, ७ अर्ब ८७ करोडको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2025 | 03:27:27 PM मा प्रकाशित

nepal oil ltd

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । केही दिनदेखि निरन्तर घटेको बजार आज २.०८ अंकले बढेर दुई हजार ६५८.०२ विन्दुमा बन्द भएको हो ।

त्यसैगरी आज कारोबार रकम पनि सामान्य बढेको छ । आज कूल १ करोड ९७ लाख ५४ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

नेप्सेका अनुसार आज ८३ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १६१ वटा कम्पनीको मूल्य घटेको छ। एउटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

त्यसैगरी, आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावरको भएको छ। सो कम्पनीको मात्र ७० करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved