दोर्दी खोला जलविद्युतको हकप्रद शेयर पुनः बिक्री खुला, छुटेकालाई आवेदन दिने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2025 | 11:11:03 AM मा प्रकाशित

nepal oil ltd

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर पुनः बिक्री खुला गरेको छ । कम्पनीले गत चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिन छुट भएका शेयरधनीहरुका लागि अन्तिम मौकाको रुपमा पुनः आवेदन खुल्ला गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सोही निष्काशनमा हकप्रद शेयरमा आवेदन दिन छुटेका, गत फागुन १५ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुलाई आवेदन दिने मौका दिएको हो। कम्पनीको हकप्रद शेयरमा आजदेखि वैशाख १४ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, विरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ’मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved