सामान्य अंकले बढ्यो नेप्से परिसूचक, १० अर्ब ८७ करोडको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2025 | 03:23:56 PM मा प्रकाशित

nepal oil ltd

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ३.५८ अंकले बढेर दुई हजार ६६१.६० विन्दुमा बन्द भएको हो ।

त्यसैगरी आज कारोबार रकम पनि बढेको छ । आज कूल २ करोड ८४ लाख ३८ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा १० अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

नेप्सेका अनुसार आज १०४ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १४१ वटा कम्पनीको मूल्य घटेको छ। त्यसैगरी, आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावरको भएको छ। सो कम्पनीको मात्र ८६ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved