दोहोरो अंकले घट्यो नेप्से परिसूचक, १६७ कम्पनीको शेयरमा घाटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2025 | 03:25:29 PM मा प्रकाशित

nepal oil ltd

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १४.५३ अंकले घटेर दुई हजार ६४७.०७ विन्दुमा बन्द भएको हो ।

त्यसैगरी आज कारोबार रकम पनि घटेको छ । आज कूल २ करोड ३६ लाख ८९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ८ अर्ब ९१ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

नेप्सेका अनुसार आज ७८ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १६७ वटा कम्पनीको मूल्य घटेको छ। त्यसैगरी, आज पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावरको भएको छ। सो कम्पनीको मात्र ७० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved